२०८३ भाद्र १५ गते , सोमबार

इलाममा ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

sajilo news
इलाम
२०७९ भाद्र २१ गते , मंगलबार
इलाममा ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

इलामको रोङ गाउँपालिका स्थित मेची राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मङ्गलवार मे ४ प ८३५५ नम्बरको मोटरसाइकल सोही दिशा तर्फ गइरहेको मे १ ख ६५४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका स्थित अन्तुका रत्नबहादुर थापा मगर रहेका छन् । दुवै सवारी साधन झापाबाट इलाम तर्फ आउँदै गरेको अवस्थामा रोङ ४ को भालुझोडा किटेनी सडक खण्डमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार