मानव बेचबिखन तथा ओसारपसारविरुद्ध भद्रपुरमा र्याली प्रदर्शन
भद्रपुर । भद्रपुरमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १६ औ राष्ट्रिय दिवस मनाइएको छ । भद्रपुर नगरपालिका, साना हातहरू, वडा प्रहरी कार्यालय, सशस्त्र बिओपी भद्रपुर, नेपाल मानव अधिकारका लागि एकल महिला ,मेची बहुमुखी क्याम्पस बीएसडब्लु लगायत संघसस्थाको आयोजनामा मानव बेचबिखन तथा ओसार पसार विरुद्धको दिवस मनाइएको हो ।
भद्रपुर- ५ नम्बर वडा कार्यालयबाट सुरु गरिएको र्याली बजार परिक्रममा गर्दै सीमा नाका मेची पुलमा पुगेर कोणसभामा परिणत भएको थियो । सामाजिक विकास समिति अध्यक्ष सीता गुरागाईँको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख राधा कार्की, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार बुढाथोकी, सशस्त्र बिओपी भद्रपुरका प्रहरी निरीक्षक रामकुमार घिमिरे, एबीसी अध्यक्ष कन्चना सिटौला, साना हात भद्रपुर स्टेसन म्यानेजर विक्रम वाग्ले लगायतले मन्तव्य राखेका थिए ।