२०८३ भाद्र १५ गते , सोमबार

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

sajilo news
झापा
२०७९ भाद्र २० गते , सोमबार
करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- १४ मा करेन्ट लागेर एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । आइतबार बेलुका साढे ५ बजे नेपाल विद्युत प्राधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी दिक्तेल रुपाकोट मझुवगढी ४ का ४० वर्षीय नवीन्द्र राईलाई तीन धारे स्थितमा विद्युतको पोलमा लत्रिएको तारलाई मिलाउने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते राईको स्थानीय सनराईज हस्पिटल बुईपामा उपचारको क्रममा मृत्यु भएको हो । घटना बारेमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित समाचार