२०८३ भाद्र १५ गते , सोमबार

हल्दिवारी गाउँपालिकाले ‌दियो झापा अदालतलाई ५ वटा स्क्यानर मेसिन

sajilo news
झापा
२०७९ भाद्र १९ गते , आईतबार
हल्दिवारी गाउँपालिकाले ‌दियो झापा अदालतलाई ५ वटा स्क्यानर मेसिन

हल्दिवारी  । हल्दिवारी गाउँपालिकाले ‌ झापा जिल्ला अदालत भद्रपुरलाई ५ वटा स्क्यानर मेसिन दिएको छ ।  गाउँपालिकाले अदालतको कामकाज सहज होस् भनेर झापा अदालतलाई स्क्यानर मेसिन हस्तान्तरण गरेको हो ।

झापा जिल्ला अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीलाई हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङदेनले सो स्क्यानर मेसिन हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र ४ नम्बर वडा अध्यक्ष सन्तकुमार थापा लगायतको उपस्थिति थियो । 

सम्बन्धित समाचार