२०८३ भाद्र १५ गते , सोमबार

झापाको दक्षिणी नाकामा तस्करी मौलायो, ४० बोरा चिनी बरामद

sajilo news
झापा
२०७९ भाद्र १९ गते , आईतबार
झापाको दक्षिणी नाकामा तस्करी मौलायो, ४० बोरा चिनी बरामद

झापाको दक्षिणी नाकामा तस्करी गतिविधि मौलाएको छ । भारतसँग जोडिएको खुला दक्षिणी नाकाहरू घेरावारि, कुटी, भागुडुब्बा, पन्तपाडा लगायतको क्षेत्रबाट अवैध रुपमा ठुलो परिणाममा चिनी, सुर्ती, लत्ताकपडा नेपाल भित्रिरहेको छ ।

यसै क्रममा इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले सो नाकाबाट भन्सार छलेर नेपाल भित्राएको ४० बोरा चिनी बरामद गरेको छ । प्रहरीले बाह्रदशी गाउँपालिका- ३ स्थित पशु हाटको खाली सार्वजनिक स्थलमा भण्डारण गरी राखेको अन्दाजी १ लाख ३० हजार मुल्य बराबरको चिनी बरामद गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । बरामद गरिएको चिनीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार