२०८३ भाद्र १५ गते , सोमबार

झापामा १० जनाले त्यागे नेपाली नागरिकता, दुई जनाको रद्द

sajilo news
झापा
२०७९ भाद्र १९ गते , आईतबार
झापामा १० जनाले त्यागे नेपाली नागरिकता, दुई जनाको रद्द

झापाका १० जना नेपाली नागरिकले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत दयाकृष्ण ढकालका अनुसार दश जना नेपाली नागरिकले नागरिकता परित्याग गरेका हुन् ।

त्यस्तै दुई जना नेपाली नागरिकको नागरिकता रद्द गरिएको ढकालको भनाइ छ । २०७८ साल माघ २४ गते यता मात्रै दश जनाले नागरिकता परित्याग गरेका हुन् भने दुई जनाको नागरिकता रद्द गरिएको बताइएको छ ।

नागरिकता परित्याग गर्नेहरूमा तत्कालीन शरणामती गाविस वडा नम्बर ६ निवासी हर्कमान गुरुङ, पथरिया–८ निवासी निर्मल ढकाल, सोही ठाउँ निवासी रामप्रसाद ढकाल, मेचीनगर–१५का आदित्य लिम्बू, भद्रपुर–८ निवासी निधि अग्रवाल रहेका छन् ।

त्यस्तै कनकाई–९ निवासी शिरोमणि प्रसाईँ, धाइजन–१ निवासी नन्दलाल मोदी, शिवसताक्षी–८ निवासी योमन लावती, कचनकवल–२ निवासी बालकृष्ण अधिकारी र बिर्तामोड–१० निवासी नरेन्द्र राईले समेत नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

त्यस्तै शिवसताक्षी–५ निवासी कुमारी सेर्मा लिम्बू र गौरादह–२ निवासी हन्सा कुमारी ठाकुरको नागरिकता रद्द गरिएको जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार