२०८३ बैशाख ३ गते , विहीबार

१६ दिने महालक्ष्मी व्रत शुरु

sajilo news
झापा
२०७९ भाद्र १८ गते , शनिबार
१६ दिने महालक्ष्मी व्रत शुरु

झापा । सनातन धर्मावलम्बीले १६ दिन लामो महालक्ष्मी व्रत शुरु गर्दैछन्। भाद्र शुक्ल अष्टमीमा सुरु गरी कृष्ण पक्षको अष्टमीमा समापन गर्ने परम्परा छ। 

यो वर्ष भदौ १७ गते सुरु भएको यो व्रत असोज १ गते समापन गरिनेछ। प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटक मात्र नुन खाएर यो व्रत गरिन्छ ।

प्रत्येक दिन साँझ महालक्ष्मीको पूजा गरी १६ दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अर्घ्य दिइन्छ। यसरी विधि पालन गरी व्रत गर्दा महालक्ष्मी प्रसन्न भई धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ। 

सम्बन्धित समाचार