२०८३ भाद्र १६ गते , मंगलबार

आजको मौसम : मध्यमदेखि भारी वर्षाको सम्भावना

sajilo news
झापा
२०७९ भाद्र १७ गते , शुक्रबार
आजको मौसम : मध्यमदेखि भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ। आज (शुक्रबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

शुक्रबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन(चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार