२०८३ भाद्र १५ गते , सोमबार

चट्याङ लागेर गौरादहको कुखुराको टहरामा आगलागी

sajilo news
झापा
२०७९ भाद्र १५ गते , बुधबार
चट्याङ लागेर गौरादहको कुखुराको टहरामा आगलागी

वर्षासँगै आज बुधवार बिहान परेको चट्याङ लागेर गौरादह नगरपालिका – १ टुकुना खाडीका ललितबहादुर कार्कीको कुखुराको टहरामा आगलागी भएको छ। आगलागीका कारण उनका सबै कुखुरा मरेका छन् भने खोर पनि जलेर नष्ट भएको छ ।

आगलागीका कारण एक लाख बढीको क्षति भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ। गौरादह नगरपालिकाको वारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ।

सम्बन्धित समाचार