२०८३ भाद्र १५ गते , सोमबार

झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७९ भाद्र १४ गते , मंगलबार
झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका- १ निवासी ८० वर्षीय वृद्ध देवीबहादुर अधिकारी रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार बिहान १० बजे मनकामना सामुदायिक वनभित्र घाँस दाउरा टिप्ने गएको बेला हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडतर्फ लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बेलुका साढे ५ बजे बाटैमा मृत्यु भएको थियो । घटनाको सम्बन्धमा बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।               

सम्बन्धित समाचार