२०८३ भाद्र १६ गते , मंगलबार

बिर्तामोडको चारपाने सडकमा तार खस्यो, दुई वटा मोटरसाइकल दुर्घटना

sajilo news
झापा
२०७९ भाद्र १४ गते , मंगलबार
बिर्तामोडको चारपाने सडकमा तार खस्यो, दुई वटा मोटरसाइकल दुर्घटना

बिर्तामोड । पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–२ चारपाने चोकको चौ बाटोमा टेलिफोन, इन्टरनेटको तार मुख्य राजमार्गमा लत्रिएको छ । तारका कारण दुई वटा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा कुन कुन मोटरसाईल परे र चालकको अवस्था बारे पूर्ण विवरण आएको छैन ।

प्रत्यक्षदर्शीको भनाई अनुसार मोटरसाइकलमा क्षति पुगे पनि चालकको अवस्था सामान्य रहेको छ । मालबहाक ट्रकले तार सडकमा खसाले पछि तारहरू यत्र तत्र छरिएको थियो । अहिले सवारी साधन आवतजावत गर्दा तार तानिएर बिजुलीका पोलहरूमा क्षति पुगेको छ । दक्षिण पट्टीको ट्रन्समिटरमा आगलागी भएको छ । घटना स्थलमा प्रहरी आई पुगेको छ भने स्थानीयहरुले सवारीहरूलाई रोकेर वर्तमान अवस्थाको बारेमा जानकारी दिइरहेका छन ।

उत्तर–दक्षिण तर्फ टाँगिएको तार अहिले सडक भन्दा केही माथि पासो झैँ बनेको अवस्थामा रहेको छ । उक्त तारलाई प्रहरी र स्थानीयहरुले काटेर हटाउने तयारी गरिरहेको जनाइएको छ । 

सम्बन्धित समाचार