२०८३ भाद्र १६ गते , मंगलबार

बिर्तामोड नगरपालिकाको आर्थिक, शिक्षा र यातायात विधेयक पास

sajilo news
झापा
२०७९ भाद्र १४ गते , मंगलबार
बिर्तामोड नगरपालिकाको आर्थिक, शिक्षा र यातायात विधेयक पास

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले तीन विधेयक पास गरेको छ । नगरको विशेष नगर सभामार्फत आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मत पास भएको हो ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९ सभामा प्रस्तुत गर्नुभएको थियो भने विधेयक समिति संयोजक शर्मिला राजवंशीले शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र यातायात व्यवस्थापन विधेयक २०७९ सभामा प्रस्तुत गरेका थिए ।

विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले कानुन आवश्यक भएका कारण विशेषसभाबाट पास गरिएको बताइन् । ‘तत्काल लागू हुने गरी विधेयक पास भएको छ’, उनले भनिन्, ‘संविधानले स्थानीय सरकारलाई दिएको अधिकारलाई प्रयोग गर्दै काम गर्नुपर्छ, सोहीअनुरुप विधेयक बनाएर पास गरेका हौँ ।’

सम्बन्धित समाचार