२०८३ भाद्र १५ गते , सोमबार

मेची नदीले बगाउँदा भद्रपुरका एक युवक बेपत्ता 

sajilo news
पार्थ मण्डल
२०७९ भाद्र १३ गते , सोमबार
मेची नदीले बगाउँदा भद्रपुरका एक युवक बेपत्ता 

झापा । मेची नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भद्रपुर नगरपालिका-३ रंगिलाचोक निवासी भूपाल भुजेलको १९ वर्षीय छोरा सामुएल भुजेल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

प्रहरीका अनुसार सोमबार दिउँसो साढे ४ बजे भद्रपुर-५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी तैरिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको हो। 

सामुएलसँगै उनका साथी पनि थिए। दुवै जना नदीमा पौडी खेलेर भारततर्फ जान लाग्दा एक जनालाई बगाएर बेपत्ता बनाएको डीएसपी पाठकको भनाइ छ। 

उनको खोजी कार्य जारी छ। भद्रपुरदेखि पाठामारीसम्म सशस्त्र, नेपाल प्रहरी र स्थानीयबासीले खोजी गरिरहेको छ।  मेची नदी नेपाल-भारत सीमा भएर बग्छ। अविरल वर्षापछि मेची नदीमा आज पानीको बहाव बढेको छ। 

सम्बन्धित समाचार