२०८३ भाद्र १५ गते , सोमबार

पाशुपत क्षेत्रमा मासु र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

sajilo news
झापा
२०७९ भाद्र १३ गते , सोमबार
पाशुपत क्षेत्रमा मासु र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि पाशुपत (पशुपति मन्दिर वरपर) क्षेत्रमा मासु, मदिरालगायत बिक्री वितरण र सेवनमा रोक लगाएको छ।

कार्यालयले तीजको अवसर पारेर सोमबारदेखि चारकिल्ला तोकेरै मदिरालगायत बिक्री वितरणमा रोक लगाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले सार्वजनिक सूचना जारी गर्दै धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो नियम लगाइएको उल्लेख गर्नुभएको छ ।

तोकिएका चार किल्लाभित्र मासु, मदिरा, नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचनामा उल्लेख छ। कसैले यो सूचना उल्लंघन गरे कारबाही गर्ने चेतावनी पनि जिल्ला प्रशासन कार्यालयको छ।
 

सम्बन्धित समाचार