२०८३ भाद्र १५ गते , सोमबार
झापामा अवैध रुपमा ढुङ्गा उत्खनन गर्ने तीन वटा ट्याक्टर प्रहरी नियन्त्रणमा
झापाको अर्जुनधारास्थित फुलमति खोला र नेते खोलाबाट तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । अर्जुनधारा नगरपालिका- ७ स्थित फुलमति खोला र नेते खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको मे १ त ५९०६, मे १ त ५२९२ र मे १ त ४८४० नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
अवैध रुपमा ढुङ्गा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी अर्जुनधारा नगरपालिकामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।