२०८३ भाद्र १५ गते , सोमबार
सिटी रिक्सासहित अवैध काठ नियन्त्रणमा
प्रहरीले सिटी रिक्सासहित अवैध काठ नियन्त्रणमा लिएको छ । शनिवार दिउँसो १ ४५ बजे कमल वडा नं. ५ सिम्लेमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले प्र १–०१–००१ ह ८०६० नं. को रोकिराखेको सिटिलाई शंका लागेर चेकजाँच गर्दा १८ थान चिरान ९११.५४ क्युफिट अवैध काठ फेला परेको थियो । सिटीसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि आइतबार सेक्टर वन कार्यालय दमकमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।