२०८३ भाद्र १५ गते , सोमबार

दुर्गा प्रसाईँले गरे दुबईमा अलपत्र परेका थप तीन युवाको उद्धार

sajilo news
झापा
२०७९ भाद्र ११ गते , शनिबार
दुर्गा प्रसाईँले गरे दुबईमा अलपत्र परेका थप तीन युवाको उद्धार

वैदेशिक रोजगारीका लागि दुवई गएर अलपत्र परेका तीन जना युवालाई झापाका व्यवसायी दुर्गा प्रसाईले उद्धार गरेर स्वदेश फिर्ता ल्याएका छन् । दाङ, तुलसीपुरका गोविन्द केसी–२३, नवलपरासी गैडाकोट, १६ का सन्दीप तिमिल्सिना–२७ र खोटाङ वोयङका चन्द्रबहादुर बुढाथोकी–३० लाई प्रसाईले उद्धार गरेर शुक्रवार स्वदेश ल्याएका हुन् । प्रसाईले उद्धार गरेर ल्याएका युवाहरुका अनुसार उनीहरु लामो समयदेखि दुवईमा अलपत्र थिए ।

खोटाङका बुढाथोकीबाट २ लाख सात हजार रुपैयाँ लिएर दलालले नौ महिना अघि ‘भिजिट’ भिषामा दुवई पुर्याएका थिए । आर्थिक अवस्था निकै दुरावस्थामा रहेका बुढाथोकीले कमाउन पाउने आसमा ऋण काढेर दलाललाई पैसा बुझाएका थिए । दुवई उडाउनु अघि दलालले उनलाई खान, बस्न सहित मासिक १३ सय दिराम ९ने।रु, ४५ हजार० तलव हुन्छ भनेका थिए । तर, उनले त्यहाँ गएर एक दिन पनि काम गर्न पाएनन् ।

भिजिट भिषामा लैजाने दलालहरुको समूहले उनलाई दुवईको सारजा पुर्याएर आज काम पाईन्छ, भोलि काम पाईन्छ भन्दै डेड महिना एउटा कोठाभित्र राखे । त्यसपछि सारजाबाट अलकुज भन्ने ठाउँमा लगेर पाँच महिना राखे ।
यसअघि पनि प्रसाईले दुवईमा दुर्घटनामा परी कोमामा पुगेकी महिलालाई उद्धार गरेर ल्याएका थिए भने त्यहाँका अस्पतालमा अलपत्र दुई वटा शव ल्याइसकेका छन् ।

सम्बन्धित समाचार