२०८३ भाद्र १५ गते , सोमबार

हल्दिबारीमा जंगली हात्तीको आक्रमणमा परी बुबा-छोरा घाइते

sajilo news
झापा
२०७९ भाद्र ११ गते , शनिबार
हल्दिबारीमा जंगली हात्तीको आक्रमणमा परी बुबा-छोरा घाइते

झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणमा परी बुबाछोरा घाइते भएका छन्।  घाइते हुनेहरूमा हल्दिबारी गाउँपालिका- २ निवासी ४९ वर्षीय कारसिंह र उनका ५ वर्षीय छोरा नरेन्द्र राजवंशी घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ । 
प्रहरीका अनुसार हल्दिबारी- २ मा शनिवार बिहान करिब साढे ४ बजेको समयमा मर्निङ वाकमा निस्केको अवस्थामा बुबा छोरासँग हात्तीको जम्काभेट भएको थियो ।

सोही क्रममा हात्तीले खेदाएर उनीहरूमाथि आक्रमण गरेको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल दुवै जनाको मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको जनाइएको छ । 
गए राति नै चारकोशे जलथल जंगलबाट निस्किएको चार वटा हात्तीले एउटा पसलमा समेत क्षति पुर्याएको स्थानीय बताउँछन् । पछिल्लो समयमा जलथल जंगल आसपासका स्थानीयवासी हात्तीको उच्च जोखिम रहेको छ ।
 

सम्बन्धित समाचार