२०८३ भाद्र १५ गते , सोमबार

माई खोलामा माछा मार्न थापेको जालमा अजिङ्गर 

sajilo news
झापा
२०७९ भाद्र १० गते , शुक्रबार
माई खोलामा माछा मार्न थापेको जालमा अजिङ्गर 

स्थानीयले माछा मार्न थापेको जालमा अजिङ्गर फेला परेको छ । झापा गाउँपालिका- ७ स्थित सानो माई खोलामा अन्दाजी २० केजी तौलको अजिङ्गर फेला परेको हो । स्थानीय सोम मुर्मु, सोम हेमरम, आसिक मुर्मु, लुखिराम मुर्मु र सुनिल मुर्मुले सानो माईमा माछा मार्न जाल थापेका थिए । उनीहरूले थापेको जालमा बिहीबार बेलुका ९ बजे अजिङ्गर परेको र सो अजिङ्गरलाई जालमै पोको पारेर मदरगाछ  घर ल्याएका थिए।
स्थानीयले  शुक्रबार बिहान पन्थापाडा प्रहरी चौकीलाई खबर गरी स्थानीय रानी सामुदायिक वन उपभोक्ता समितिलाई अजिङ्गर जिम्मा लगाएको छ । रानी बनले उक्त अजिङ्गरको संरक्षण गर्ने जनाएको छ। यसअघि पनि रानी सामुदायिक वनले आफ्नो परिसर भित्रको खोरमा दुई वटा अजिङ्गर राखेको थियो । तर, दुवै अजिङ्गर खोरबाट फुत्केर भागेको स्थानीय बताउँछन् । 

सम्बन्धित समाचार