२०८३ भाद्र १५ गते , सोमबार
करेन्ट लागेर एक जनाको मृत्यु
विराटनगर महानगरपालिका- १ का ५५ वर्षीय लाल बिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका- ११ स्थित कपडा फ्याक्ट्रीमा मेशिन चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।