२०८३ भाद्र १५ गते , सोमबार

आदिवासी जनजाति महासंघ समन्वय परिषद् भद्रपुर नगर अध्यक्षमा तामाङ

sajilo news
झापा
२०७९ भाद्र ९ गते , विहीबार
आदिवासी जनजाति महासंघ समन्वय परिषद् भद्रपुर नगर अध्यक्षमा तामाङ

भद्रपुर । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् भद्रपुर नगर समितिको अध्यक्षमा शम्सेर तामाङ मोक्तान चयन भएका छन् ।

भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको भवनमा बिहीबार आयोजित नगर परिषद्को तेस्रो अधिवेशनले तामाङलाई तीन बर्से कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेका हुन् ।  

नगर परिषद्को उपाध्यक्षहरूमा वीरबहादुर खवास, अञ्जना श्रेष्ठ र छत्र गुरुङ निर्विरोध चयन भएका छन् । सचिवमा मञ्जु मेचे, सहसचिवमा वसन्त राजवंशी, रवि सुनुवार, रिचा लामा र कोषाध्यक्षमा विगत लेप्चा चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा दीपेन्द्र याक्खा राई, हेमा कन्दंवा लिम्बु, शर्मिला आङदाङजे र सहनलाल गणेश चयन भएका छन् । नगर परिषद्का अध्यक्ष समर राईको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो । 

सम्बन्धित समाचार