२०८३ भाद्र १६ गते , मंगलबार

काँकडभिट्टामा पाउडर दूध बरामद 

sajilo news
झापा
२०७९ भाद्र ९ गते , विहीबार
काँकडभिट्टामा पाउडर दूध बरामद 

पूर्वी नाका काँकडभिट्टाबाट भन्सार छलेर भित्रिएको भारतीय कम्पनीका पाउडर दूध प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ८ स्थित प्रनिक पेट्रोल पम्प नजिकबाट भन्सार छली अवैध रुपमा नेपाल भित्र्याइएको १३४ केजी पाउडर दूध बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त पाउडर दूधको बजार मूल्य ८० हजार रहेको छ । बरामद पाउडर दूध आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

सम्बन्धित समाचार