२०८३ भाद्र १५ गते , सोमबार
सप्तकोसी नदीमा डुबेर एक बालकको मृत्यु
सप्तकोसी नदीको भंगालोमा डुबेर एक बालकको मृत्यु भएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका- ९ राजाबासका राजकुमार माझीको १२ वर्षीय छोरा अमर माझीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधवार दिउँसो पौने २ बजे सरस्वती मावि राजाबासमा कक्षा ६ मा अध्ययनरत माझी विद्यालय टिफिनको समयमा सप्तकोसी नदीको भंगालोमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेको र उद्धार गरी उपचारको लागि नगर अस्पताल चक्रघट्टी लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।