रोटरी क्लब मेचीनगरको पद हस्तान्तरण
मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२२-०२३ का लागि नयाँ कार्य समितिको चयन भएसँगै रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण गरिएको हो । मेचीनगर- ८ स्थित मेची क्राउन होटेलमा आयोजना भएको कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगरप्रमुख बुढाथोकी, विशिष्ट अतिथि निकिता गिरी र शरद जोशीले शुभकामना मन्तव्य राखेका थिए ।
नगरप्रमुख बुढाथोकी र सञ्चार उद्यमी पुनम प्रधानलाई मानार्थ सदस्यता प्रदान गरिएको कार्यक्रममा मेची नेत्रालय, रेडक्रस सोसाइटी झापा, पूर्व नेपाल बहुउदेशिय सहकारी संस्था, इष्टहोराइजन मावि, हिमालयन एकेडेमी, मेची उद्योग वाणिज्य सङ्घ पाथीभरा क्रसिङ लगायतसँग सामाजिक सेवामा सहकार्य गर्ने गरी हस्ताक्षरसहित सम्झौता भएको थियो । रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्त प्रकाश बस्तीको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ मेचीनगरका सचिव कृष्ण काफ्लेले गरेका थिए ।