२०८३ भाद्र १५ गते , सोमबार

आजको मौसम : हल्कादेखि मध्यम वर्षा हुने

sajilo news
झापा
२०७९ भाद्र ९ गते , विहीबार
आजको मौसम : हल्कादेखि मध्यम वर्षा हुने

झापा । देशभर आंशिकदेखि सामान्य बदली रही बिहीबार केही स्थानमा मेघ गर्जन(चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रातको समयमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन(चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव एक डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३६ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। 

सम्बन्धित समाचार