२०८३ भाद्र १५ गते , सोमबार

मेची पुलमा रोटरीको स्वागत बोर्ड 

sajilo news
झापा
२०७९ भाद्र ९ गते , विहीबार
मेची पुलमा रोटरीको स्वागत बोर्ड 

रोटरी क्लब अफ भद्रपुरले सीमा नाकामा स्वागत बोर्ड राखेको छ । क्लबले नेपाल भारत सीमा नाका पर्ने भद्रपुर- ५ स्थित मेची पुल नजिकै स्वागत बोर्ड राखेको हो । भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई स्वागत गर्ने उद्देश्यले रोटरीले स्वागत बोर्डको स्थापना गरिएको क्लबका पब्लिक इमेज अडिनेटर नितेश वर्माले जानकारी दिए । सो बोर्डको एक संक्षिप्त कार्यक्रमका बीच उद्घाटन गरिएको छ । स्वागत बोर्ड  निर्माणमा करिब ४० हजार खर्च लागेको बताइएको छ । 
स्थानीय सरकार भद्रपुर नगरपालिका र राज्यले गर्नुपर्ने काम क्लबले गरेकोप्रति धन्यवाद दिँदै नगरपालिकाका प्रमुख गणेश पोखरेलले अन्य सामाजिक कार्यमा समेत नगरले क्लबसँग हातेमालो गर्ने प्रतिबद्धता जनाए ।  भर्खरै मात्र नगरपालिकाले मेची पुलमा सडक बत्ती जडान गरी सीमा नाकालाई उज्यालो पार्ने कार्य गरेको र क्लबले स्वागत बोर्ड स्थापना गरी थप सुन्दरता प्रदान गरेकोमा ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले बताए ।  क्लबका अध्यक्ष ईश्वर अधिकारीको अध्यक्षता भएको कार्यक्रममा रोटरीयनहरु पवन श्रेष्ठ, प्रदीप सरावगी, सुरेश मित्तल लगायत सुरक्षाकर्मीहरूको उपस्थिति रहेको क्लबका पाष्ट प्रेसिडेन्ट विगत ओझाले जानकारी दिए ।  

सम्बन्धित समाचार