२०८३ भाद्र १५ गते , सोमबार

मिटरव्याजीविरुद्ध झापामा २४ जनाले दिए उजुरी 

sajilo news
झापा
२०७९ भाद्र ७ गते , मंगलबार
मिटरव्याजीविरुद्ध झापामा २४ जनाले दिए उजुरी 

झापामा पनि मिटरव्याजीबाट जिल्लावासी पीडित रहेका छन् । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले उजुरीका लागि सूचना आव्हान गरेसँगै मिटरव्याजीबाट पीडित बनेका २४ जनाले उजुरी दिएका छन । 

जिल्ला प्रशासन कार्यालय भद्रपुरमा १६ र इलाका प्रशासन कार्यालय दमकमा ८ जना गरी २४ जनाले उजुरी दर्ता गराएको प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकारी सुरेन्द्र भट्टराईले जानकारी दिए । प्रहरी कार्यालय झापामा भने कुनै पनि उजुरी नपरेको उनले बताए । 'उजुरी दर्ता गराउनेहरू ५ देखि २५ लाखसम्म मिटरव्याजीबाट पीडित देखिएको छ,' उनले भने, 'अहिले दर्ता हुने काम भएको छ, अब आवश्यक कानुनी प्रक्रिया अघि बढाउँछौँ ।'

प्रशासन कार्यालय झापाले मिटरव्याजीको धन्दा गर्नेहरूबाट पीडितलाई भदौ ६ गतेसम्म उजुरीका लागि सूचना जारी गरेको थियो । पीडितलाई मिटरव्याजीले गरेको अपराध र शोषण बारे खुलाएर उजुरी दिन भनेको थियो ।  यता सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी रुद्र प्रसाद न्यौपानेले जिल्लामा अनौपचारिक रुपमा भएको कारोबारमा धेरै समस्या रहेको जानकारी दिए । 'विश्वासले गरेका कारोबारपछि विश्वास टुट्दा समस्या बढेर गएको देखिन्छ,' उनले भने । उजुरी दिएकामध्ये कतिपयले प्रमाण पेस नगरेको उनको भनाई छ ।

सम्बन्धित समाचार