२०८३ भाद्र १५ गते , सोमबार

काँग्रेस नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

sajilo news
झापा
२०७९ भाद्र ५ गते , आईतबार
काँग्रेस नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

नेपाली काँग्रेसका नेता प्रदीप गिरिको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको छ । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरूप गिरि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरू मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए ।

 

सम्बन्धित समाचार