२०८३ भाद्र १५ गते , सोमबार

झापामा कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

sajilo news
झापा
२०७९ भाद्र ५ गते , आईतबार
झापामा कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

झापामा कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका- ४ चिया बगानमा शनिबार साँझ सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारको ठक्करबाट पैदल यात्री अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको थियो ।  

सम्बन्धित समाचार