२०८३ भाद्र १५ गते , सोमबार

कचनकवलमा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन

sajilo news
झापा
२०७९ भाद्र ५ गते , आईतबार
कचनकवलमा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन

कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिकाले छाडा तथा भुस्याहा कुकुरहरूको बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतका अनुसार पालिकाको ६ लाख आर्थिक सहयोगमा गाउँपालिकाभित्र छाडा छोडिएका तथा भुस्याहा कुकुरहरूको पशु शाखा मार्फत भदौ ३ गतेदेखि बन्ध्याकरण सुरु गरिएको हो । 

पशु शाखा प्रमुखको मशिन्द्र यादवका अनुसार नेपाल एग्रो एन्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा भदौ ५ गते सम्म सञ्चालन हुने शिविरबाट गाउँ पालिका भित्रका ३०० कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको छ । पहिलो दिन ६ र ७ नम्बर वडाका ९० कुकुरहरूको सफलता पूर्वक बन्ध्याकरण गरिएको उनले बताए । 

सम्बन्धित समाचार