२०८३ भाद्र १६ गते , मंगलबार

कोब्रा सर्पले डस्दा कचनकवलमा एक जनाको मृत्यु

sajilo news
झापा
२०७९ भाद्र ४ गते , शनिबार
कोब्रा सर्पले डस्दा कचनकवलमा एक जनाको मृत्यु

झापाको कचनकवलमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा कचनकवल गाउँपालिका- ५ खुमरुभिट्टा निवासी ६५ वर्षीय नेहरुलाल टुडु रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

प्रहरी अनुसार शनिबार बिहान ५ बजे आफ्नै घरको ग्वालीमा पराल निकाल्न जाँदा टुडुलाई किङ कोब्रा सर्पले बायाँ खुट्टामा डसेको थियो।  सर्पले डसेपछि उनलाई उपचारका लागि सर्पदंशको उपचार केन्द्र बनियानी लगिएको थियो। समयमै उपचार केन्द्र पुर्‍याउन नसक्दा उनको शरीरभरि विष फैलिसकेकाले भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्था आयो। 

तर, केन्द्रमा भेन्टिलेटर सेवा नहुँदा उनलाई थप उपचारका लागि भद्रपुर पठाइएको थियो। उनलाई उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल भद्रपुर पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।  

सम्बन्धित समाचार