सिद्धार्थ टोल भद्रपुरको अध्यक्षमा कुवर
भद्रपुर । भद्रपुर- १० स्थित सिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा डम्बर कुवर चयन भएका छन् । शनिवार सम्पन्न संस्थाको तेस्रो साधारण सभाले कुवरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । भद्रपुर १० नम्बर वडा अध्यक्ष टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न सभाले संस्थाको उपाध्यक्षमा मीनप्रसाद पोखरेल, सचिवमा ज्योति पोखरेल र कोषाध्यक्षमा सुधा न्यौपानेलाई चयन गरिएको छ ।
आगामी ३ बर्से कार्यकालका लागि गठित समिति सदस्यहरूमा बिन्दा बराल, विमला सुवेदी , गङ्गाप्रसाद भट्टराई तारा दाहाल, ज्ञानुमाया गिरी, रामचन्द्र मिश्र र जितेन्द्र राजवंशीलाई चयन भएका छन् ।
संस्थाका अध्यक्ष हरि किशोर आचार्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष खड्का, त्रिवेणी टोल विकाश संस्थाका पूर्व अध्यक्ष मुक्तिनाथ दाहाल लगायतले मन्तव्य राखेका थिए ।
आचार्यको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सालिकराम नेपालले गरेका थिए । आचार्यको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।