२०८३ भाद्र १५ गते , सोमबार
चट्याङले लागि एक महिलाको मृत्यु
सुनसरीमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका- १७ मा बिहीबार अपराह्न साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागेर सोही ठाउँका २७ वर्षीया केसी रिषिदेवला घाइते भएकी थिइन् । घाइते उनलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।