२०८३ भाद्र १५ गते , सोमबार
मोरङमा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको मृत्यु
मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरस्थित एउटा घरमा बुधबार राति आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ। काठ र इँटा प्रयोग गरेर बनाइएको तथा टिनको छानो भएको बालकृष्ण गिरीको दुई तले घरमा राति ११ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगलागीमा परेर घरभित्र सुतिरहेका सुन्दरहरैँचा–११ का ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो।
घरमा पेन्टिङ९रंग लगाउने०को काम गर्दै आएका श्रेष्ठ ३ दिनअघिदेखि गिरीको घरमा बस्दै आएका हुन्। प्रहरीका अनुसार उनी प्रष्टसँग सुन्न र बोल्न सक्दैन थिए। गिरीको घरमा बसेर उनले बनाएको नयाँ घरमा पेन्टिङ गर्दै आएका श्रेष्ठको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।