२०८३ भाद्र १५ गते , सोमबार
इनरव्हील क्लब अफ भद्रपुरले विपन्नलाई खुवाए तीजको दर
भद्रपुर । इनरव्हील क्लब अफ भद्रपुरले विपन्न महिला तथा केटाकेटीहरूलाई खाना खुवाउँदै हरितालिका तिज पर्व मनाएको छ । क्लबका अध्यक्ष कुसुम पराजुली अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर- ८ नम्बरका वडा अध्यक्ष मनोज सुब्बा गौरवको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रत्येक वर्ष भद्रपुर नगर भित्रका महिलाहरूलाई दर खुवाउने क्लबको प्रचलन अनुसार यो पटक ८० भन्दा बढी महिला तथा केटाकेटीहरूलाई दर खुलाइएको अध्यक्ष पराजुलीले बताइन् । कार्यक्रममा वडा सदस्य लक्ष्मी परियारसहित क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको क्लबका सदस्य लीला राई श्रेष्ठले जानकारी दिइन् ।
