२०८३ भाद्र १५ गते , सोमबार

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीन पत्रकार पुरस्कृत

sajilo news
झापा
२०७९ भाद्र १ गते , बुधबार
डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीन पत्रकार पुरस्कृत

प्रेस सेन्टर नेपाल झापाद्वारा स्थापित देवकुमार आचार्य डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीन जना पत्रकार पुरस्कृत भएका छन् । 

बिर्तामोडस्थित गौरीशङ्कर स्मृति प्रतिष्ठानमा आयोजित पुरस्कार वितरण समारोहमा झापाली पत्रकार जिएन शर्मा, राजु पाठक र लीलाराज खड्का (झापाली) पुरस्कृत भएका हुन् । २०७७ सालको पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई, २०७८ सालको पत्रकारिता पुरस्कार पाठकलाई र २०७९ सालको पत्रकारिता पुरस्कार झापालीलाई वितरण गरिएको हो । उनीहरूलाई नगद २१ हजारसहित पुरस्कृत गरिएको हो । कोरोना महामारीका कारण सेन्टरले एकै पटक तीन वटा पुरस्कार वितरण गरेको बताइएको छ ।

प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षता तथा  नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री राम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामी, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल),  माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य (अग्नि), नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भट्टराई, सहिद डी। कौडिन्यका धर्मपत्नी यमुना आचार्य, पुरस्कृत हुने पत्रकार जिएन शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रेस सेन्टरका केन्द्रीय सचिव तथा पुरस्कार छनौट समितिका संयोजक विमल लामिछाने कार्यक्रमको उद्देश्यको बारेमा स्पष्ट पार्दै डी। कौडिन्यको संक्षिप्त परिचय  गराएका थिए ।  

कार्यक्रमका प्रमुख अतिथि कार्की विशेष अतिथि सेन्टरका केन्द्रीय अध्यक्ष जुगल, विशेष अतिथि दर्लामी, नेकपा माओवादी केन्द्र झापा अध्यक्ष राजु आचार्य (अग्नि), नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भट्टराई, सहिद डी. कौडिन्यका धर्मपत्नी यमुना आचार्य, पुरस्कृत व्यक्तित्वहरूको तर्फबाट जिएन शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्वागत प्रेस सेन्टर नेपाल झापा उपाध्यक्ष पार्थ मण्डलले राखेको कार्यक्रमको सञ्चालन सेन्टरका सचिव उद्धव पुरीले गरेका थिए । शिक्षक, पत्रकार तथा साहित्यकार आचार्यलाई २०५९ साल साउन ७ गते तत्कालीन शाही सेनाले पक्राउ गरी चारआली क्याम्पसभित्रै निर्ममतापूर्वक हत्या गरेको थियो । उनकै स्मृतिमा सेन्टरले पुरस्कार स्थापना गरेको हो । 

सम्बन्धित समाचार