इनरह्वील क्लब अफ बिर्तामोडको चौथो पद हस्तान्तरण
बिर्तामोड । इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको चौथो पद हस्तान्तरण गरिएको छ । सन् २०२२ ÷२०२३ को जुलाई १ तारिकदेखि कार्यभार सम्हालेकी इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट सम्झना भण्डारीले बिर्तामोडमा आयोजित कार्यक्रमका बीच एक वर्षका लागि पदभार ग्रहण गरेकी हुन् ।
इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनी प्रेसिडेन्ट सम्झना भण्डारीको अध्यक्षता तथा इनरह्वील डिस्ट्रिक्ट चेयरमेन सीमा झाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेलले स्वागत गरेकी थिइन् । कार्यक्रममा इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी सन् २०२१ ÷०२२ की प्रेसिडेन्ट जमुना भुसाल शर्माले आफ्नो कार्यकालमा इनरह्वील क्लबले गरेका कार्यहरूको बारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा इनरह्वील डिस्ट्रिक्ट चेयरमेन सीमा झाले सन् २०२२ ÷२०२३ की इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट सम्झना भण्डारीलाई रोटरीको कलर पहिराएर पद तथा गोपनीयताको शपथ गराएकी थिइन् भने सन् २०२१ ÷०२२ की प्रेसिडेन्ट जमुना भुसाल शर्माले ग्यावल गन प्रदान गर्दै पद हस्तान्तरण गरेकी थिइन् । त्यस्तै उनलाई चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेलले चाटर्ड सर्टिफिकेट प्रदान गरेकी थिइन् । प्रेसिडेन्ट भण्डारीको बायोडाटा ट्रेजरर रिजु क्षेत्री पाण्डेले वाचन गरेकी थिइन् । आफूले शपथ ग्रहणसहित पदभार ग्रहण गरे पश्चात् नवनिर्वाचित प्रेसिडेन्ट भण्डारीले मिटिङको कल तथा निर्देशन गरेकी थिइन् ।
कार्यक्रममा नवनिर्वाचित प्रेसिडेन्ट भण्डारीले आफ्नो कार्यकालमा आफूले इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनलाई नयाँ उचाइमा पुर्याउने बताउँदै असहाय महिला तथा बालबालिकाको शिक्षा , स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । उनले सबैको साथ र सहयोग पाएमा आफ्नो एक वर्षे कार्यकाल उत्कृष्ट बनाउने प्रतिबद्धता जनाइन् । आफूले शपथ लिएपछि नवनिर्वाचित प्रेसिडेन्ट भण्डारीले इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको सन् २०२२/०२३ का लागि
भाइस प्रेसिडेन्ट मोनिका अग्रवाल, सेक्रेटरी जुनु विमली उप्रेती, ट्रेजरर रिजु क्षेत्री पाण्डे, आइएसओ लुना वस्नेत, इडिटर कमला पौडेल ,एक्जुकेटीभ मेम्बरहरू वर्षा राजभण्डारी, रेखा अग्रवाल, रेणु गोयल, निलम अग्रवाल, इन्दिरा थापा कार्की, अनिता शर्मा , मेम्बरहरू निलम मित्तल , गीता खरेल , श्वेता थापा, रिचा चुडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।
कार्यक्रममा इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको सन् २०२२/०२३ का नयाँ सदस्यहरू डा। ज्योति अग्रवाल, डा। जाग्रीती भण्डारी, रुपा शर्मा , गायत्री साहेवाला, कविता श्रेष्ठलाई नयाँ सदस्यता प्रदान गर्दै स्वागत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि इनरह्वील डिस्ट्रिक्ट चेयरमेन सीमा झाले इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले गरेका कार्यहरू प्रशंसनीय रहेको बताउँदै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । त्यस्तै रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका सन् २०२२/२०२३ का प्रेसिडेन्ट सुमन शर्मा जमरकट्टेल , मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओली , साहित्यकार लीला अनमोललगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउन की सन् २०२०/०२१ की प्रेसिडेन्ट रेणु वंशलले प्रमुख अतिथि इनरह्वील डिस्ट्रिक्ट चेयरमेन सीमा झाको बायोडाटा वाचन गरेकी थिइन् भने सन् २०२२/२०२३ की प्रेसिडेन्ट भण्डारीले प्रमुख अतिथि इनरह्वील डिस्ट्रिक्ट चेयरमेन झालाई मायाको चिनो प्रदान गरेकी थिइन् ।
कार्यक्रममा इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउन की सन् २०२० ÷०२१ की प्रेसिडेन्ट रेणु वंशल र सन् २०२१ ÷०२२ की प्रेसिडेन्ट जमुना भुसाल शर्माले आफ्नो कार्यकालमा सहयोग पुर्याउनेलाई मायाको चिनो प्रदान गरेका थिए भने बिर्ता ज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालाई कदर पत्र प्रदान गरेका थिए । इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी आइएसओ लुना बस्नेतले इनरह्वील प्रेयर वाचन र इडिटर कमला पौडेलले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सेक्रेटरी जुनु विमली उप्रेतीले गरेकी थिइन् ।