२०८३ भाद्र १५ गते , सोमबार
इलाममा बजारमा आगलागी
इलाममा आगलागी भएको छ । इलामको ट्याक्सी स्टेन्डमा रहेको साँखेजुङ होटलमा आगलागी भएको हो । इलाम बजारको मुटुमा रहेको ट्याक्सी स्टेण्डमा भएको सो आगलागी थाहा हुनासाथ इलाम नगरपालिकाको दमकल , नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधिलगायत स्थानीयहरुको प्रयासमा करिव २५ मिनेटमा नियन्त्रणमा लिइएको छ ।
आगलागी नियन्त्रण भएसँगै इलाम बजार ठूलो क्षति हुनबाट जोगिएको छ । आगलागीबाट होटलमा करिब २ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।