२०८३ भाद्र १६ गते , मंगलबार

निहारिका प्रकरण : आरोपी शिवराज श्रेष्ठ पक्राउ

sajilo news
झापा
२०७९ श्रावण ३१ गते , मंगलबार
निहारिका प्रकरण : आरोपी शिवराज श्रेष्ठ पक्राउ

प्रहरीले निहारिका राजपूत प्रकरणमा आरोपित भनिएका शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ। मंगलबार साँझ उनलाई धनुषा बजारबाट पक्राउ गरिएको हो। प्रहरी प्रवक्ता टेकप्रसाद राईले आरोपित श्रेष्ठलाई साँझ करिब साढे ७ बजे पक्राउ गरिएको पुष्टि गरे। 

'निहारिका प्रकरणमा धनुषा प्रहरी टोलीले पक्राउ गरेको हो। अब आवश्यक अनुसन्धान पक्रिया अगाडि बढछ,' उनले भने।  आफूमाथि बलात्कार भएको आरोप लगाउँदै आएकी निहारिकाले डीएन परीक्षणको माग गर्दै आएकी छन्। बलात्कारबाटै बच्चाको जन्म दिएको दाबी गर्दै आएकी उनले राजधानी केन्द्रित आन्दोलन गर्दै आएकी छन्।

हालै उनले राष्ट्रपति कार्यालय अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। प्रहरीले तत्कालै उद्धार गरेर अस्पताल पुर्‍याएको थियो।

घटनालगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले निहारिका प्रकरणमा चासो देखाएकी थिइन्। उनले महान्याधिवक्ता र कानुनमन्त्रीलाई डाकेर निकारिका प्रकरणका सम्बन्धमा छलफल गरेकी थिइन्। अन्नपूर्णबाट

सम्बन्धित समाचार