२०८३ भाद्र १६ गते , मंगलबार

अर्जुनधारामा आगलागी हुँदा घर जलेर नष्ट

sajilo news
झापा
२०७९ श्रावण ३० गते , सोमबार
अर्जुनधारामा आगलागी हुँदा घर जलेर नष्ट

झापाको अर्जुनधारा नगरपालिका १ स्थित साधुटारमा आगलागी हुँदा एउटा घर पूर्णरुपमा जलेको छ । स्थानीय ७२ वर्षीय कोमल खनालको घरमा आगलागी भएको हो । आगलागीबाट कुनै मानवीय तथा चौपायको क्षति भएको छैन ।

सोमबार बिहान करिब ८ बजेतिर विद्युत् सर्ट हुँदा आगलागी भएको खनाल परिवारले जानकारी दिए । ७ कोठे घर पूर्णरूपले जलेर नष्ट भएको छ । घरमा रहेको लत्ताकपडा, अन्नपात सबै जलेको छ । आगलगाती स्थानीय तथा प्रहरीको सहयोगमा डेढ घण्टापछि नियन्त्रणम लिइएको शनिश्चरे प्रहरी चौकीले जनाएको छ ।

आगलागीबाट ३० लाख ९४ हजार ५ सय मूल्यबराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । चौकी इन्चार्ज रवि राईका अनुसार आगलागीमा परी २ तोला सुन, नगद १ लाख, १ लाखबराबरको लत्ताकपडा पनि जलेको छ । यस्तै, २ वटा स्टील दराज, धान, मकै, टिभी, ल्यापटप, मोबाइललगायत घरायसी सामान जलेर नष्ट भएको छ ।

सम्बन्धित समाचार