२०८३ भाद्र १५ गते , सोमबार

कनकाई साप्ताहिक आठौँ वर्षमा 

sajilo news
झापा
२०७९ श्रावण २९ गते , आईतबार
कनकाई साप्ताहिक आठौँ वर्षमा 

झापाको कनकाई नगरपालिकाबाट प्रकाशन सुरु गरेको कनकाई साप्ताहिक आठौँ वर्षमा प्रवेश गरेको छ ।  अनलाइन संस्करण कनकाई अनलाइन समेत निरन्तर प्रकाशन गरिरहेको कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिष्कृत र युग सुबाउँधो बनाउँदै लैजाने पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले बताए । 
पत्रिका आठ वर्षमा वर्षमा प्रवेश गरेको अवशरमा पत्रिकाका सम्पादक प्रकाशक झापालीले सम्पूर्ण पाठक वर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र शुभेच्छुक सबैमा धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्तै साथ र सहयोगको अपेक्षा गरेका छन् । कनकाई साप्ताहिक कनकाई नगरपालिकाबाट प्रकाशित पहिलो अखबार हो ।  हप्ताको हरेक आइतबार  नियमित प्रकाशन हुँदै आइरहेको यस साप्ताहिकले स्थानीय गतिविधि र विकास पत्रकारिता गर्दै आइरहेको छ । यस पत्रिकालाई प्रेस काउन्सिलले (ख) वर्गमा छनोट गरेको छ ।  

सम्बन्धित समाचार