२०८३ भाद्र १५ गते , सोमबार
लेक लागेर अचेत अवस्थामा रहेकी महिला भक्तजनको उद्धार
सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका १ स्थितमा रहेको प्रसिद्ध धार्मिक स्थल ठुलो दुधकुण्डको दर्शन गर्न गएकी एक महिला भक्तजनको प्रहरीले उद्धार गरेको ।
गत २६ गते दर्शनको लागि गएकी युवती ४६०० मिटर उचाइमा रहेको दुधकुण्ड नजिकै लेक लागि अचेत अवस्थामा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो ।
अचेत अवस्थामा रहेकी ती युवतीको महिला प्रहरीले बोकेर दुधकुण्ड बेस क्याम्प तर्फ प्राथमिक उपचारको लागि लगिएको हो । काठमाडौँ घर भएकी ती युवती उपचार पश्चात् सामान्य भएर घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।