२०८३ भाद्र १५ गते , सोमबार

बिहारमा विषालु रक्सी सेवन गर्दा ६ जनाको मृत्यु

sajilo news
झापा
२०७९ श्रावण २८ गते , शनिबार
बिहारमा विषालु रक्सी सेवन गर्दा ६ जनाको मृत्यु

एजेन्सी । भारतको बिहार राज्यको सारण जिल्लामा प्रतिबन्धका बाबजुद विषालु रक्सी सेवन गर्दा ६ जनाको मृत्यु भएको छ । पछिल्लो तीनमा विषालु रक्सी सेवनका कारण उनीहरूको मृत्यु भएको हो । गत हप्ता सोही जिल्लामा विषालु रक्सी सेवनका कारण ११ जनाको मृत्यु भएको थियो भने थुप्रै बिरामी परेका थिए ।

स्थानीयले विषालु रक्सी सेवनका कारण मृत्यु भएको दाबी गरे पनि पोष्टमार्टमपछि मृत्युको कारण थाहा हुने प्रहरीले जनाएको छ ।

रक्सी व्यापार गर्ने गिरोहलाई पक्राउ गर्ने अभियान सुरु गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष नोभेम्वरदेखि हालसम्म विषालु रक्सी सेवनका कारण बिहारमा मात्र ६० जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार