२०८३ भाद्र १५ गते , सोमबार

शहिद चोक टोल विकास संस्थाको अध्यक्षमा अधिकारी

sajilo news
रेवतीराज घिमिरे
२०७९ श्रावण २८ गते , शनिबार
शहिद चोक टोल विकास संस्थाको अध्यक्षमा अधिकारी

भद्रपुर । भद्रपुर- १० स्थित शहिद चोक टोल विकास संस्थाको अध्यक्षमा ढाकालाल अधिकारी चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न दोस्रो साधारण सभाले समाजसेवी तथा पूर्व प्रहरी सङ्गठन झापाका अध्यक्ष अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । 
संस्थाको उपाध्यक्षमा केशवराज कटुवाल, सचिवमा चन्द्र लम्साल, सहसचिवमा तेजप्रसाद आचार्य, र कोषाध्यक्षमा टिकामाया श्रेष्ठलाई चयन भएका छन् । 
आगामी तीन बर्से कार्यकालका लागि गठित संस्थाको सदस्यहरूमा ईश्वर कोइराला, राजन अधिकारी , मञ्जु भट्टराई , होमकुमारी पाण्डे, टेकप्रसाद ढकाल  र  दिपा पुरी चयन भएका छन् । 
संस्थाका अध्यक्ष कुबेरप्रसाद बरालको अध्यक्षता तथा भद्रपुर १० नम्बर वडा अध्यक्ष टेकबहादुर  खड्काको प्रमुख आतिथ्यमा सम्पन्न सभामा युवा समाजसेवी मुरारी न्यौपाने, हनुमान टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकी लगायतले मन्तव्य राखेका थिए । सचिव केशवराज कटुवालले सञ्चालन गरेको कार्यक्रममा स्वागत कमल पाण्डेले राखेका थिए ।  

सम्बन्धित समाचार