२०८३ भाद्र १५ गते , सोमबार

जंगली हात्तीले सात घर भत्काए

sajilo news
झापा
२०७९ श्रावण २८ गते , शनिबार
जंगली हात्तीले सात घर भत्काए

गएराती जंगलबाट भागेर आएका दुई वटा हात्तीले लहान नगरपालिका १५ सिसवनी र मोहनपुर गाउँका ७ घर भत्काएका छन्। माटोले लेपेको र फुसको छानो भएका घरहरु भत्काएका हुन्। 

स्थानीय लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्याम कुमार सदाय, दिपेन सदाय, सरोज सदाय र कपले यादवका घर भत्काएका वडाअध्यक्ष तेजनारायण चौधरीले जानकारी गराए । उनका अनुसार जंगलबाट आएकाहात्तीले अन्नबाली पनि खाएका छन् । राती नै स्थानीयहरुले आगो बालेरहात्तीलाई गाउँबाट भगाएका छन् ।  

वर्षातमा घर भत्काएपछि उनीहरुलाई समस्या भएको छ । स्थानीयवासीबाट जानकारी पाएलगतै  मेयर महेश चौधरी गाउँ पुगेका थिए । पीडितहरुलाई तत्कालै राहत उपलब्ध गराउने उनले बताए । फुसको घर भत्केकोलाई जस्तापाता र त्रिपाल दिने मेयर चौधरीले जानकारी दिए । २५ किलो चामललगायत नुन, तेल, दाल पनि राहतमा दिने उनले बताए ।

सम्बन्धित समाचार