२०८३ भाद्र १५ गते , सोमबार
आगलागी पीडितलाई खाद्यान्न सामग्री
झापा गाउँपालिका- ४ स्थित पैनीटोलाका आगलागी पीडितलाई प्रतिनिधिसभा सांसद एलपी सावाँ लिम्बुले खाद्यान्न सामग्री सहयोग गरेका छन् । झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सावाँले व्यक्तिगत रुपमा आगलागी पीडित अनवर अलिको परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
सावाँले अलि परिवारलाई तत्कालका लागी अत्यावश्यक खाद्यान्न चामल,दाल ,तेल ,नुन आदि प्रदान गरेको उनका स्वकीय सचिव विशाल खनालले झापा बताए। गत सोमबार अलिको घरमा विद्युतीय चुहावट भएर आगलागी भएको थियो । आगलागीबाट विपन्न अलि परिवारको घर भित्र रहेको सम्पूर्ण खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको थियो। सावाँले यसअघि झापा ५ को सिमल डाँगीमा ६ घर जलेर नष्ट हुँदा त्यहाँका आगलागी पीडितहरूलाई समेत खाद्यान्न वितरण गरेर सहयोग गरेका थिए।