२०८३ भाद्र १५ गते , सोमबार

कनकाई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु

sajilo news
पार्थ मण्डल
२०७९ श्रावण २६ गते , विहीबार
कनकाई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु

झापा । झापाको कनकाई नहरमा पौडी खेल्न गएका एकै गाउँका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।  डुबेर मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ९ स्थित आइतबारे निवासी सुस्मा सुन्दासको ११ वर्षीया छोरी एन्जिला सुन्दास र सोही ठाउँका ध्रुव राईको १२ वर्षीय सिकुम राई रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । 
प्रहरीका अनुसार बिहीबार दिउँसो ४ बजे सुन्दास र राई घर नजिकैको कनकाई सिचाई आयोजनाको नहरमा पौडी खेल्न गएका थिए । साँझ अबेरसम्म उनीहरू घर नफर्किएपछि परिवारजनले खोजतलास गर्ने क्रममा नहरको डिलमा उनीहरूले लगाएको कपडा र चप्पल फेला पारेका थिए । 
त्यसपछि परिवारजन र छरछिमेकले तत्काल इलाका प्रहरी कार्यालय झिलझिललाई खबर गरेपछि प्रहरी टोली घटनास्थल आइपुगे । प्रहरी र स्थानीयले उनीहरूको खोजतलास गर्ने क्रममा कपडा राखिएको स्थानदेखि ४ किलोमिटर पश्चिम शिवसताक्षी ७ स्थित सताक्षी खोलामा दुवै जना पानीमा डुबिरहेको अवस्थामा मृत फेला पारेको डीएसपी पाठकले बताए । 
दुवै शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । यता घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिले अनुसन्धान अघि बढाएको छ । एकै गाउँका दुई बालबालिकाको डुबेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ । 

सम्बन्धित समाचार