२०८३ भाद्र १५ गते , सोमबार

बहुविवाह मुद्दाका एक फरार अभियुक्त पक्राउ 

sajilo news
झापा
२०७९ श्रावण २६ गते , विहीबार
बहुविवाह मुद्दाका एक फरार अभियुक्त पक्राउ 

बहुविवाह मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी- १० बस्ने ४३ वर्षीय होमप्रसाद दंगाल रहेका छन् । झापा जिल्ला अदालतको मिति २०७६ बैशाख ८ गतेको फैसला बमोजिम बहुविवाह मुद्दामा उनलाई २ वर्ष कैद र २० हजार रुपैयाँ तोकिएको थियो । फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो । झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार