२०८३ भाद्र १५ गते , सोमबार

दुर्घटनाको जोखिम धौला पुलमा राखियो ट्राफिक सचेतना बोर्ड

sajilo news
झापा
२०७९ श्रावण २६ गते , विहीबार
दुर्घटनाको जोखिम धौला पुलमा राखियो ट्राफिक सचेतना बोर्ड

दुर्घटनाको जोखिम बढिरहेको भन्दै झापाको बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तर्गत धौला पुलमा जानकारी मूलक ट्राफिक सचेतना बोर्ड राखिएको छ ।   निर्माणाधिन सडकमा पर्ने धौला पुल साँघुरो भएकै कारण दैनिक जसो दुर्घटना हुन थालेको भन्दै पूर्वेली मजदुर यातायात प्रा.लिको सहकार्यमा सङ्केत चिह्न मूलक बोर्ड बिहीबार राखिएको हो । 
ट्राफिक सचेतनाका लागि पछिल्लो समय सहकार्य गर्दै विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको पूर्वेली मजदुर यातायातका अध्यक्ष तथा बिर्तामोड ३ का वडा सदस्य हरि बांस्कोटाले जानकारी दिए । 
ट्राफिक पोस्ट तथा स्थायी प्रहरी चौकी  बिर्ता बजारको समन्वयमा गरिएको संक्षिप्त कार्यक्रममा पूर्वेली मजदुर यातायात प्रा।लिका सचिव गणेश कोइराला, ट्राफिक पोस्ट बिर्ता बजारका जवान बिर्जु महतो, हवल्दार सरोज यादव, प्रहरी चौकीका इन्चार्ज प्रवीण खड्का लगायतको उपस्थिति रहेको थियो ।  मुन्ना गुप्र प्रालिको ब्रान्ड सजिलोले बोर्ड सौजन्य उपलब्ध गराएको बताइएको छ । 

सम्बन्धित समाचार