२०८३ भाद्र १५ गते , सोमबार

 बिर्तामोडका फुटपाथ व्यवसायीमाथि बल प्रयोग

sajilo news
झापा
२०७९ श्रावण २६ गते , विहीबार
 बिर्तामोडका फुटपाथ व्यवसायीमाथि बल प्रयोग

बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्रका फुटपाथ व्यवसायीहरूलाई हटाउन थालेको छ । बिहीबार  नगर प्रहरीको टोलीले बिर्तामोडको फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरूलाई बल प्रयोग गरी हटाएको हो । त्यस क्रममा नगर प्रहरीले व्यवसायीहरूलाई लछारपछार गरेको थियो ।

व्यवसायीहरूले नगर प्रहरीलाई दुर्व्यवहार गरेका कारण उनीहरूलाई पक्राउ गर्ने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । नगर प्रहरीले व्यवसायीहरूलाई पक्राउ गर्न नसके पनि उनीहरूको सामान उठाएर लगेको छ । बिर्तामोड नगरपालिकाले साउन २२ गते फुटपाथ खाली गर्ने सम्बन्धी ७ दिने सूचना जारी गरेको थियो । तर, पाँच दिनपछि नै नगरपालिकाले बल प्रयोग गरी फुटपाथ व्यवसायीहरूलाई हटाउन थालेको हो ।

सम्बन्धित समाचार